संघीय लोकतान्त्रिक मोर्चाले मनाए कालो दिवस



जनकपुरधाम, असोज ३ । मधेशी जनताको छातीमा गोली प्रहार गरि विभेदपूर्ण संविधान जारी गरिएको भन्दै संघीय लोकतान्त्रिक मोर्चाले कालो दिवस मनाएको छ ।

मोर्चाको केन्द्रिय सर्कुलर अनुसार जनकपुरधाम सहित मधेशका जिल्लाहरुमा मोर्चा आवद्ध दलहरुले संयुक्त रुपमा कालो दिवस मनाएको छ ।

जनकपुरधामको जनकचोकमा मोर्चाका नेताहरुल टाउकोमा कालो पट्टी प्रदर्शन गर्दै कालो दिवस मनाएका हुन ।

संघीय लोकतान्त्रिक मोर्चा आवद्ध जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल , तराई मधेश लोकतान्त्रिक पार्टी , राष्ट्रिय मुक्ति पार्टी नेपाल लगायत दलका नेताहरुले मधेश संग विभेदपूर्ण रुपमा ल्याइएको संविधानमा व्यापक सुधार एवं परिमार्जनको आवश्यकता रहेको बताए ।

जनकचौकमा आयोजित कार्यक्रममा नेताहरुले संविधान संशोधनको मांग समेत गरेका छन ।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रवार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको