
आकृति कश्यप
मानव जीवन निरन्तर परिवर्तनशील छ । समय, प्रविधि र ज्ञानको विकास संगै मानिसले आफ्नो जीवनशैलीलाई निरन्तर नयाँ–नयाँ ढाँचामा ढाल्दै आएको छ । विशेषगरि पछिल्लो केही समयदेखी विज्ञान र प्रविधिले अविश्वसनिय प्रगति गरेको छ । मोबाइल, इन्टरनेट र कम्प्युटरको प्रयोगले गर्दा आज मानिसले घरभित्रै बसेर संसार भरका गतिविधि, समाचार र ज्ञानसंग प्रत्यक्ष रुपमा जोडिन सक्ने पुल निर्माण गरेका छन । यही प्रविधिको अद्भूत उपहारलाई हामीले सामाजिक सञ्जाल (Social media )को नाम दिएका छौ ।



सरल भाषामा बुझनु पर्दा सामाजिक सञ्जाल भनेको इन्टरनेट मार्फत आफनो विचार, भावना, अनुभव, फोटो, भिडियो वा कुनै पनि किसिमको सामग्री छिट्टै आदान प्रदान गर्ने माध्यम हो । अहिलेको समयमा हजारौ करौडौ मानिसहरुले फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट आदि जस्ता सामाजिक प्लेटफर्महरुको प्रयोग गरेका छन् र त्यस माध्यमले एकआपसमा जोडिएका पनि छन् ।
यसले टाढा रहेका आफन्तलाई नजिक ल्याएको छ, शिक्षामा नयाँ अवसर सिर्जना गरेको छ । व्यवसाय, रोजगारी, राजनीति कला र सिर्जनशिलता प्रस्तुत गर्ने एउटा सहज माध्यम पनि बन्न पुगेको छ ।

समाजिक सञ्जालले संसारलाई साँघुरो बनाएको छ । कुनै पनि विषयको जानकारी, समाचार वा अध्ययन सामग्री सजिलै प्राप्त गर्न सकिन्छ । यसले ज्ञान र सूचना आदान प्रादान गर्न सहज बनाएको छ । यसलाई सम्बन्ध मजबुत बनाउने माध्यमको रुपमा पनि लिइन्छ । किन भने केही समय पछि हेर्दा देश विदेशमा बस्ने आफन्त संग सम्पर्क गर्न महिनौ लाग्थ्यो तर अहिले सामाजिक सञ्जालको प्रयोग गरेर १ मिनेट पनि नाग्ने गरी भिडियो वा अडियो कल वा म्यासेजको सहायताले तुरुन्तै हाल समाचार थाहा पाउन सकिन्छ । यसका साथसाथै यसले व्यवसायको क्षेत्रमा पनि अवसरको सिर्जना गरेको छ । आजकल धेरै व्यवसाय सामाजिक सञ्जालकै माध्यमबाट बढि रहेको छ ।
फेसबुक पेज, इन्स्टाग्राम सप वा टिकटक मार्फत मानिसहरुले आपनो सेवाको प्राचार–प्रसार गरेर ग्राहक जोडिरहेका छन् । साथै सामाजिक सञ्जालले धेरैलाई आफनो प्रतिभा देखाउने प्लेटफर्म पनि दिएको छ । गीत, किवता, नृत्य, चित्रकला वा कुनै नयाँ विचारलाई लाखौ मानिस सम्म पु¥याउन सकिन्छ । अहिले यस्ता धेरै कलाकारहरु छन् जो सामाजिक सञ्जालकै माध्यमबाट चिनिएका छन् । यो एउटा आवाज उठाउने माध्यम पनि हो । समाजमा भई रहेको अन्याय, भेदभाव वा समस्याबारे सजिलै आवाज उठाउन सकिन्छ । यसले उठिएको आवाजलाई सार्वजनिक गरेर लोकतन्त्रलाई बलियो बनाउन पनि ठूलो भूमिका निर्वाह गरेको छ ।
तर हरेक सिक्काको दुई पाटा हुन्छन् । उज्यालो सँगसँगै छायाँ अनिवार्य हुन्छ । यसका साकारात्मक असरका साथसाथै नाकारात्मक असरहरु पनि छन् । यसको सबभन्दा ठूलो अवगुण भनेको यसले गर्दा समयको अत्यधिक दुरुपयोग हुन्छ ।
सामाजिक सञ्जाल प्रयोग गर्दा थोरै समय विताउने सोच भए पनि घण्टौ खर्च हुन्छ । यसले पढाई वा अन्य कार्यमा पनि असर पार्ने गरेका छन् । जसले गर्दा हाम्रो उत्पादनशील समय व्यर्थ हुन जान्छ । साथै यसको लत लाग्ने समस्या पनि अहिलेको युवा युृवतीहरुमा तीब्र रुपमा देखा परिरहेका छन । यसले गर्दा व्यक्तिगत जीवन पनि प्रभावित हुन्छ । यसमा कतिपय भ्रामक सूचना आउने समस्या पनि देखा परि रहेको हुन्छ ।
सामाजिक सञ्जालद्वारा अफवाहहरु छिटै फैलिन सक्ने सम्भावना पनि प्रवल हुन्छ । व्यक्तिगत विवरण, फोटो वा जरुरी/गोपनीय डाटाहरुको दुरुपयोग हुन सक्ने भनेको यसको अर्को नाकारात्मक पक्ष हो । यसको अत्यधिक ज्ञान नभएको हुँदा हामी साइबर क्राइम जस्ता समस्याहरुका सिकार हुन सक्छौ । जसले गर्दा मानसिक स्वास्थ्यमा पनि असर पर्न सक्छ । तनाव, चिन्ता, डिप्रेसन र आत्म हत्या जस्ता गम्भीर समस्याहरु निम्तिन सक्छ । यसको अत्यधिक लत लाग्यो भने वास्तविक जीवनमा सम्बन्ध कमजोर हुन्छ र मानिस आभासी दुनियामै सिमित हुन्छ । यसले गर्दा तुलना र ईष्या, सामाजिक विभाजन, नक्कली जीवनशैली, भौतिक स्वास्थ्यमा असर, राजनीतिक दुरुपयोग, उत्पादनशीलता घटने, सांस्कृतिक मूल्यमान्यता लोप हुने, आदि जस्ता नाकारातमक पक्षहरुपनि बढदै गएको छ । सबैभन्दा महत्वपूर्ण यसको प्रयोग गर्दा अश्लिल वा हानीकारक सामग्रीको सजिलै पहुँच पाइन्छ, जसले विशेषगरि बालबालिका र युवाको सोच, व्यवहार र भविष्यमा नाकारात्मक असर पार्छ । उनीहरुको मानसिकता बिग्रनसक्ने सम्भावना पनि प्रवल नै हुन्छ ।
त्यसैले सामाजिक सञ्जाल भनेको दुई धारे तलवार सरह छन् – एकातिर यसको अवसर छ भने अर्को तीर जोखिम पनि छ । यसलाई आफैमा राम्रो वा नराम्रो भन्न पाइदैन । यो वरदान पनि हो र चुनौती पनि, यसको मूल्य निर्धारण गर्ने आधार हामीले कस्तो तरिकाले र उद्देश्यले प्रयोग गर्छौ भन्नेमा निर्भर गर्दछ ।
विवेकपूर्ण, मर्यादित र उद्देश्यपूर्ण प्रयोगले यसलाई जीवन सुधार्ने, ज्ञान बढाउने र अवसर सिर्जना गर्ने साधन बनाउँछ । तर दुरुपयोगले गर्दा यो लत, तनाव, मानसिक र सामाजिक समस्याको स्रोत बन्न सक्छ ।
अन्ततः हामीले सामाजिक सञ्जाललाई सुविधा र जिम्मेवार तरिकाले प्रयोग गर्नु आवश्यक छ, ताकी यो आधुनिक युगको बरदान बनोस र हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक योगदान दिन सकोस । यो बरदान त छ तर धेरै घामले पनि बाली सुखाउँछ ।
(लेखिका मोनाष्टिक कलेज जनकपुरधाम कक्षा ११ (कानून) संकायका छात्रा हुन ।)