आज नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा गरिँदै



जनकपुरधाम , असोज १२ । आज नवरात्रको छैटौं दिन, हिन्दू धर्मालम्बीहरूले कात्यायनी देवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।
आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रतानाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ । शास्त्रीय मान्यता अनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिए पछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।

त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवीकात्यायनीले आश्विनशुक्ल सप्तमीदेखि नवमी सम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन् । त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी भन्ने पुराणमा उल्लेख गरिएको छ ।



अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ । कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो । त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ ।

क्रोध पनि कुनै समय सकारात्मकबलको प्रतीक हुन्छ । कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ । यीदुईमा एकदमै गहिरो भेद पाईन्छ । क्रोध केवल नकारात्मक गुण या शक्ति होईन । सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ । सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ । क्रोध यदिअज्ञान र अन्यायका प्रति छ भने यसले सकारात्मकतालाईे सञ्चार गराउने गर्दछ । अतःयहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायको प्रति रहेको हुन्छ । त्यो नै देवीकात्यायनीको विशेषता हो ।

महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो । कात्यायनीको उपासनाबाट यस लोकमास्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्टहुने धार्मिक विश्वास छ ।

देवीकात्यायनी सँग जोडिएको कथा अनुसार कुनै समय एक कतनाम गरेका प्रसिद्ध ऋषि थिए । उनको पुत्र ऋषि कात्यनामले प्रसिद्ध थिए ।उनकै नाम बाट प्रसिद्ध कात्यगोत्र बाट नै विश्व प्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए । ऋषि कात्यायनले भगवती पराम्पराको उपासना गर्दै कठिन तपस्या समेत गरेका थिए । उनको इच्छा थियो भगवतीले आफ्नो घरमा पुत्रीको रुपमा जन्म लिऊन् । भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् ।

प्रकाशित मिति: २०८२ आश्विन १२, आईतवार ०७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको