सुन चाँदीको मूल्य हालसम्मकै उच्च



काठमाडौं , असोज  २१ । नेपाली बजारमा मंगलबार सुन को भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।



अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ ।

आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रकाशित मिति: २०८२ आश्विन २१, मंगलवार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको