दशैँ सकिएसँगै सुनसान बनेको बाजुराको मार्तडीमा चहलपहल



बाजुरा , असोज  २२ । नेपालीहरुको महान चाड दशैँ सकिएसँगै सुनसान बनेको मार्तडीमा चहलपहल बढेको छ । दशैँ मनाउन घर गएका स्थानीय बजार फर्कन थालेपछि सुनसान बनेको मार्तडीमा चहलपहल बढेको हो ।

बडादशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरू सञ्चालनमा आएपश्चात् चलहपहल शुरु  भएको हो । जिल्ला प्रशासन कार्यालय सहित अन्य सरकारी कार्यालय त्यस्तै बजारभर चहलपहल शुरू भएको छ ।



यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।

दशैँमा सुनसान बनेको सदरमुकाम मार्तडीमा दशैं पश्चात्  चहलपहल बढेको गैरी बजार स्थित आरजी प्रिन्टिङ हाउसका सञ्चालक व्यवसायी राम बहादुर रोकायले बताए । दसैं मनाउन टाढाटाढा घर गएको स्थानीय व्यवसायी बजार फर्किएपछि चहलपहल बढेको रोकायाको भनाई छ ।

प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार १६:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको