सोनवर्सा बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु



सर्लाही , असोज २२। सर्लाहीको सिमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित सोनवर्सा बजारमा भएको सडक दुर्घटनामा दुई नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका – १० का १९ वर्षीय अजय राउत र उनका आफन्त भारतको खुरसाहा बस्ने २० वर्षीय सचिन रावत रहेका छन् ।

उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनापछि टिपर र चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोनवर्सा थानामा राखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको