एजेन्सी
पटना , असोज २४ । बिहार विधानसभा चुनावको घोषणा भएपछि सबै राजनीतिक दल आफ्नो तयारीमा जुटेका छन्। यसै क्रममा कांग्रेसले पटना स्थित प्रदेश कार्यालय “सदाकत आश्रम”मा एक संयुक्त पत्रकार सम्मेलन आयोजना गरी आफ्नो आरोप-पत्र सार्वजनिक गरेको छ।
कार्यक्रममा कांग्रेसका बिहार चुनाव पर्यवेक्षक पूर्व मुख्यमंत्री अशोक गहलोत, पूर्व मुख्यमंत्री भूपेश बघेल, अधीर रंजन चौधरी लगायतका वरिष्ठ नेता सहभागी थिए। कांग्रेस प्रदेश अध्यक्ष राजेश रामले ‘२० वर्ष–विनाशकाल’ शीर्षकमा पुस्तक सार्वजनिक गर्दै बिहार सरकारको २० वर्षको शासनलाई भ्रष्टाचार र विकासविहीनताको काल मानिएको आरोप लगाए।
कांग्रेसले जातीय सर्वेक्षण र आरक्षणबारे सरकारको असफलता पनि उठाएको छ। पार्टीको आरोप छ कि आरक्षणको दायरा संविधानको ९औं सूचीमा समावेश नगरिएको छ र यसमा सरकारको पारदर्शिता आवश्यक छ।
कांग्रेसले आगामी विधानसभा चुनावमा यी मुद्दालाई प्रमुख एजेण्डा बनाउने योजना सार्वजनिक गरेको छ र आगामी निर्वाचनमा परिवर्तनको आशा व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अशोक गहलोतले , बिना गुणस्तरीय शासन विकास सम्भव नरहेको उल्लेख गर्दै भने ,‘ भ्रष्टाचारले विकासलाई रोकिदिएको छ। बिहारमा शिक्षा, स्वास्थ्य र जनकल्याण क्षेत्रमा गम्भीर कमी छ। पलायन रोक्न सरकार असफल छ।”




