काठमाडौं, असोज २८। नेपाली कांग्रेसले कार्यवाहक सभापति को जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएको छ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति खड्कालाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार, सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै आजको बैठक स्थगित गरिएको छ। आगामी बैठक पर्सि बस्ने तय भएको छ र त्यसको अध्यक्षता खडकाले नै गर्ने जनाइएको छ।
देउवा उपचारका लागि विदेश जाने तयारीमा रहेका छन्। यसअघि गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन्।






