जीतेन्द्र सोनलको नेतृत्वमा सरकार गठनको दावी पेश



जनकपुरधाम, असोज २९ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनलको नेतृत्वमा मधेश सरकार गठनको लागि दावी पेश भएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउसो ४ बजे सम्म संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको लागि दावी पेश गर्न आह्वान गरे अनुरुप ५६ प्रदेश सभा सदस्यको समर्थन सहित दावी पेश गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३ , नेकपा माओवादी केन्द्रका ९ , लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेशसभाको समर्थन सहित दावी पेश गरिएको छ । सरकार गठनको दावी पत्रमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका महेश यादव, नेकपा माओवादी केन्द्रका यवराज भट्टराई, लोसपाका जयनुल राइन र नेकपा एसका गोविन्द भट्टराईको हस्ताक्षर सहित दावी पेश गरिएको हो ।

जनमत पार्टीबाट मुख्यमन्त्री नियुक्त सतिश कुमार सिंहले राजिनामा गरेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधवार १०:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको