काँधमा अझै जिम्मेवारी छ, राजीनामा दिन्नँ : ओली



काठमाडौँ, असोज ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् । जारी केन्द्रीय कमिटीमा बोल्दै अध्यक्ष ओलीले काँधमा अझै जिम्मेवारी रहेको बताएका हुन् ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्ने क्रममा केन्द्रीय सदस्यले पार्टी पुनगर्ठन गर्नुपर्ने र ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसको जवाफमा अध्यक्ष ओलीले सानो टुक्रो आन्दोलन बोकेर ल्याएको र काँधमा अझै जिम्मेवारी रहेको उल्लेख गरेका हुन् ।

बैठक स्रोतले दिएको जानकारीअनुसार ओलीले ५५ वर्षदेखि एउटा सानो टुक्रा आन्दोलन बोकेर ल्याएको र काँधमा जिम्मेवारी रहेकोले पूरा नगरी नछोड्ने बताएका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ुकेही साथीले राजीनामा माग्नु भएको छ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छोड्दिनँ ।

प्रकाशित मिति: २०८२ कार्तिक १, शुक्रवार १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको