निर्धारित मितिमै निर्वाचन हुनु पर्छ : प्रचण्ड



जनकपुरधाम, कात्तिक ५ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दहाल प्रचण्डले निर्धारित मितिमै चुनाव हुनु पर्ने बताएका छन ।

महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमान स्थलमा पत्रकारहरु संग कुरा गर्दै प्रचण्डले निर्धारित मितिमा निर्वाचनका लागि सरकारलाई गम्भीरता पूर्वक लाग्नु पर्ने बताएका छन ।

हिजो मात्रै सरकारले दलहरु संग गरेको छलफलले निर्वाचनको माहौल बन्दै गएको आभाष भएपनि सुनिश्चित हुन नसकेको उल्लेख गर्दै प्रचण्डले सरकारलाई अझ गम्भीर हुनु पर्ने बताए ।

अन्तरिम सरकार बनेर निर्वाचन घोषणा भई सकेपछि सबै भन्दा पहिला आफुहरु नै अब निर्वाचनमै केन्द्रित हुनु पर्ने पार्टी केन्द्रिय समितिको बैठकबाट निर्णय गरेको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बन्नु पर्छ भन्ने पक्षमा आफुहरु रहेको बताए ।

बामपन्थी मोर्चा वा ध्रुविकरणको विषयमा बोल्दै प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरुबीच एकताको प्रक्रिया अघि बढी सकेको र सम्भवतः छठपछि एकताको घोषणा हुने समेत बताए ।

प्रकाशित मिति: २०८२ कार्तिक ६, बुधवार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको