आस्थाको महापर्व छठ आज देखी औपचारिक रुपमा सुरु



जनकपुरधाम, कात्तिक ८ । आस्थाको महापर्व छठ आज देखी औपचारिक रुपमा सुरु भएको छ । छठको पहिलो दिन आज ब्रतालुहरु नहाय खाय गरिने छ । आज बाट ब्रतालुहरुले नजिकको पोखरी एवं नदीमा स्नान गरि शुरु भोजन गर्ने परम्परा रहेको छ।

आज नहाय बाट हुरु हुने महापर्व छठको दोस्रो दिन अर्थात भोली (आइतवार) आ–आफना कुल देवी समक्ष गुड र दुध मिश्रित खिर बनाई पूजा गर्ने र छठ पूजाको संकल्प गर्ने परम्परा रहेको छ । छठको मूल पूजा यसवर्ष सोमबाट अस्ताउदो सूर्यलाई अर्घ दिने छन भने मंगलबार विहान उदाउदो सूर्यलाई अर्घ दिई महापर्व छठको समापन गरिने छ ।

मूल पूजा दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ ।

सूर्यको उपासना गरि मनाइने महापर्व छठका लागि जनकपुरधाम सहित मिथिला मधेशभरिका पोखरी, एवं नदीका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ ।

जनकपुरधामस्थित गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायत ग्रामीण क्षेत्रका पोखरी एवं नदीको घाटमा सजावटको काम अन्तिम चरणमा पुगेको आयोजक समितिहरुले जनाएको छ ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताउनुभयो । उहाँले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए ।
गुप्ताले यो वर्ष प्रतिअघ्र्य रु ६०० निर्धारण गरिएको बताए । उनले भने , “सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अघ्र्य राख्छन् । प्रत्येक वर्ष रु ३००/३५० पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।”

गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेकोे छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ ।

यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिए लगतै आफूहरू छठको तयारीमा जुटिसकेको बताए । कर्णले यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए । “कर्णले घाटमा अघ्र्य राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अघ्र्य राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ”, उनले बताए ।

शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । यस पोखरीमा पाँच हजारभन्दा बढी अघ्र्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ ।

त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

प्रकाशित मिति: २०८२ कार्तिक ९, शनिवार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको