एमालेको ११औं महाधिवेशनका लागि २१ सय प्रतिनिधि चयन, मंसिर १३ गते देशभर मतदान



काठमाडौं, कात्तिक १६। नेकपा एमालेले ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन मंसिर १३ गते देशभर एकै दिन गर्ने भएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबारका दिन देशैभर एकसाथ हुनेछ,’ ज्ञवालीले भने, ‘चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ।’



पार्टीका अनुसार हाल एमालेको सदस्य संख्या ६ लाख ६७ हजार ६ सय ३० छ, जसबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिनेछ। प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानिने पनि जनाइएको छ।

एमालेका आगामी महाधिवेशनका कुल प्रतिनिधि संख्या २१ सय हुनेछन्। पार्टीले सबै प्रदेश र जिल्ला संगठनलाई तोकिएको मिति र कार्यविधिअनुसार तयारी सुरु गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १६, आईतवार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको