काठमाडौं, कात्तिक १९ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासहितको त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।
खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
नेपालले यसअघि सिरिजका तीनै खेलमा पराजय व्यहोरेको छ। त्यसैले आजको खेलमा टोली पहिलो जितका लागि मैदानमा उत्रिँदैछ।
पहिलो खेलमा यूएईसँग पराजित नेपाल आज त्यसको बदला लिँदै महत्त्वपूर्ण दुई अंक जोड्ने लक्ष्यमा छ।
नेपालले अमेरिकासँग पहिलो खेलमा १०६ रन र दोस्रो खेलमा ४ विकेटले हार व्यहोरेको थियो। त्यसपछि यूएईसँग ५ विकेटले पराजित भएको हो।
त्यस्तै, यूएई आज नेपालविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ। अमेरिकासँगका दुई खेलमा हार व्यहोरेको यूएई नेपाललाई फेरि हराउँदै अंक थप्ने योजनामा रहेको छ।
अंक तालिका
अमेरिका : २४ खेल, १८ जित, ६ हार — ३६ अंक (पहिलो स्थान)
स्कटल्यान्ड : २४ खेल, १३ जित, ७ हार, ४ बराबरी — ३० अंक (दोस्रो स्थान)
नेदरल्यान्ड्स :२४ खेल, १३ जित, ९ हार, २ बराबरी — २८ अंक (तेस्रो स्थान)
ओमान :२० खेल, ११ जित, ७ हार, २ बराबरी — २४ अंक (चौथो स्थान)
क्यानडा :२४ खेल, ९ जित, १२ हार, ३ बराबरी — २१ अंक (पाँचौँ स्थान)
नामिबिया :२४ खेल, ९ जित, १४ हार, १ बराबरी — १९ अंक (छैटौँ स्थान)
नेपाल : १९ खेल, ५ जित, १२ हार, २ बराबरी — १२ अंक (सातौँ स्थान)
यूएई :१९ खेल, ४ जित, १५ हार — ८ अंक (पुछारमा)




