मुख्यमन्त्री सोनल २२ गते विश्वासको मत लिने, प्रदेशसभालाई पत्र



जनकपुरधाम, कात्तिक १९ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन ।

यस अघि नै २२ गते विश्वासको मत लिने जनाइ सकेका मुख्यमन्त्री सोनलले बुधवार प्रदेश सभा सचिवालयमा विश्वासको मत सम्बन्धि पत्र दर्ता गराएका छन ।

सत्ता गठबन्धनका नेताहरु प्रदेशसभा सचिवालय पुगेर पत्र दर्ता गराइको लोसपाका महासचिव परमेश्वर साहले जनाएका छन ।

जनता समाजवादी पार्टी (१९) , जनमत (१३), नेकपा माओवादी (९), लोसपा (८), नेकपा एस (७), संघीय समाजवादी पार्टी (१) र नागरिक उन्मुक्ति पार्टी (१) गरि जम्मा ५८ जना प्रदेशसभा सदस्यले विश्वासको मतदिने मुख्यमन्त्री सोनलले दावी गरेका छ्न । पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनललाई पछिल्लो समयमा नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी समेतले समर्थन जनाएको छ ।

५८ जनाको समर्थन रहेपनि जसपाको एकजना प्रदेशसभा सदसय निलम्बनमा रहेकाले ५७ जना सदस्यको मत पर्ने निश्चित रहेको स्रोतको दावी छ ।

प्रतिपक्षी दल एमाले र काँग्रेसले विश्वासको मतमा अवरोध गर्न विभिन्न चलखेल गर्दै आएपनि त्यो सफल हुने सम्भावना देखिएको छैन ।

असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री सोनल ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रावधान अनुरुप २२गते विश्वासको मत लिन लागेका हुन ।

प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधवार १३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको