१२ को पूरक परीक्षा मा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण



काठमाडौं ,कात्तिक २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१।१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २४, आइतवार १७:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको