जनकपुरधाम, कात्तिक २४ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बर्दिबासबाटै तीन जना मन्त्री नियुक्त गरेका छन ।
एका विहानै प्रदेश प्रमुखबाट बर्दीबासमा नियुक्त भएका मुख्यमन्त्री यादवले नेकपा एमाले बाट लखन दास , नेपाल संघीय समाजवादी पार्टी बाट विमला अन्सारी र राप्रपाबाट कञ्चन विच्छालाई विनाविभागिय मन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
नवनियुक्त मुख्यमन्त्री एवं मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दीबासको पानस होटेलमै सपथ ग्रहण समेत गराएकी छिन ।




