कुलमान घिसिङको पार्टीको नाम– उज्यालो नेपाल



काठमाडौं ,कात्तिक २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको पार्टीको नाम टुंगो लागेको छ । विभिन्न नामहरूमा छलफल चलेपछि अन्तिममा ‘उज्यालो नेपाल पार्टी’ हुने गरी सहमति भएको नवगठित पार्टीका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।

​आइतबार ‘जनसेवा नेपाल पार्टी’ नाम राखी अगाडि बढ्ने सहमति भए पनि बेलुका भेला भएका नेताहरूले नमानेपछि नाम परिवर्तन गरिएको उनले बताए । उनका अनुसार पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ । पार्टीमा रहने केन्द्रीय सदस्यहरूको टुंगो लगाउनका लागि अहिले पनि छलफल चलिरहेको छ ।

​महाधिवेशनबाट पदाधिकारीहरू चयन गर्ने गरी आज निर्वाचन आयोगमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गर्न लागिएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २५, सोमवार १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको