प्रदेश प्रमुख भण्डारी पदमुक्त, नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस



जनकपुरधाम, कात्तिक २४ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ ।

मन्त्री परिषदको आजको बैठकले विवादास्पद बनेकी भण्डारीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ ।

तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले राजिनामा दिएपछि अव कुन धारा अनुसार सरकार बन्ने बहस चलि रहेकै बेला प्रदेश प्रमुख भण्डारीले विरामीको बहाना बनाउदै विहान ४ बजे जनकपुरबाट निस्की बर्दिवास स्थित होटेल पानसमा नयाँ मुख्यमन्त्रीको नियुक्तीका साथै सपथ ग्रहण समेत गराएकी थिइन ।

एमाले बाहेकका दलले नयाँ सरकार गठनको प्रक्रिया १६८ को २ बमोजिम नै हुनु पर्ने मांग गरि रहेको बेला एमाले कोटा नियुक्त भएकी भण्डारी हिजोकै मितिमा मुख्यमन्त्री नियुक्त गरेपछि दिनभरि मधेश भवन तनाव ग्रस्त बनेको थियो ।

एमाले बाहेकका दलहरु प्रदेशप्रमुख बर्खास्त हुनु पर्ने मांग गर्दै जनकपुर सहित मधेश भरि विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २०८२ कार्तिक २५, सोमवार १९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको