“हाम्रो एकता अभियानले एमालेको सातो गएको छ” : माधवकुमार नेपाल



काठमाडौँ, कात्तिक २६ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकता अभियानले एमालेको सातो गएको टिप्पणी गरेका छन्।

बुधवार आयोजित नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, “एकताको प्रक्रिया अघि बढिरहेको छ। हाम्रो एकता अभियानले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ। होस हवास गुम्नु आवश्यक छैन, बरु हामीलाई धन्यवाद दिनुपर्छ।”



नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै टिप्पणी गरेका थिए। उनले गालीगलौजको सट्टा एकता अभियानको प्रयासको कदर गर्नुपर्नेमा जोड दिए।

“मैले त बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर। धन्यवाद प्रस्ताव पास गर्नुस्, यसले हाम्रो घाउमा मल्हमको काम गर्नेछ।” कार्यक्रममा नेपालले मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई एकताको लागि धन्यवाद दिएका छन्। उनले एकता अभियानलाई गौरवको विषय भन्दै, यसले नेपाली राजनीतिमा नयाँ ऊर्जा र दिशा दिएको बताए।

नेपालका अनुसार, पार्टी एकता अभियानले कम्युनिष्ट आन्दोलनको स्थायित्व र भविष्यको मार्ग दिगो बनाउने उद्देश्य राखेको छ। उनले सबैलाई सकारात्मक दृष्टिकोण अपनाएर सहयोग गर्न आह्वान गरे।

प्रकाशित मिति: २०८२ कार्तिक २६, बुधबार १७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको