भारतीय एयरपोर्टलाई बमले उडाउने धमकी, सुरक्षा व्यवस्था कडा



एजेन्सी, कात्तिक २७ । दिल्लीमा हालै भएको बम ब्लास्टको घटना लगतै दिल्ली सहितको भारतीय एयरपोर्टलाई बमले उडाउने धम्की आएको छ । धम्की आएलगतै देशका प्रमुख एयरपोर्टहरूमा सुरक्षा सतर्कता कडा गरिएको छ। हिजो बुधबार इंडिगो एयरलाइन्सलाई प्राप्त एक ईमेलमा दिल्ली, मुंबई, चेन्नई, त्रिवेंद्रम र हैदराबाद एयरपोर्टहरूलाई बमले उडाउने धमकी दिएको उल्लेख गरिएको थियो।

धमकी प्राप्त हुनासाथ सुरक्षा अधिकारीहरूले हवाईअड्डाहरूमा कडा निगरानी र सर्च अपरेसन सुरु गरेका छन। दिल्ली एयरपोर्ट टर्मिनल(३ मा आगो नियन्त्रण विभागलाई दिइएको रिपोर्ट अनुसार, प्रारम्भिक जाँचमा धमकी अफवाह साबित भएको छ। ईमेल इंडिगोको कम्प्लेन्ट पोर्टलमार्फत प्राप्त भएको थियो र यसमा अन्य एयरपोर्टहरूको नाम पनि समावेश थियो।

साथै, मुंबई–वाराणसी उडान गर्ने एयर इंडिया एक्सप्रेस फ्लाइटलाई बीचमा बम धमकी प्राप्त भएको जानकारी छ। उक्त विमानलाई लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाईअड्डा (वाराणसी) मा आपतकालीन अवतरण गराइएको थियो र आइसोलेशन बेमा राखेर यात्रुहरूलाई सुरक्षित निकालियो। बम निरोधक टोलीले विमानको पूर्ण जाँच गरेको र अहिलेसम्म कुनै संदिग्ध वस्तु फेला नपरेको जनाएको छ।

एयर इंडिया एक्सप्रेसका प्रवक्ताले बताएअनुसार, “सुरक्षा प्रोटोकल अनुसार सबै कदम उठाइयो। यात्रुहरू सुरक्षित छन् र विमान परिचालनका लागि अनुमति दिइएको छ।”

दिल्ली ब्लास्टपछि देशभरका एयरपोर्टहरूमा सुरक्षा कडा गरिएको छ। प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूमा सीआईएसएफ, एयरपोर्ट प्रहरी, डॉग स्क्वाड र बम डिस्पोजल टोलीको तैनाती बढाइएको छ। सुरक्षा अधिकारीहरू सतर्कता कायम राख्दै हवाईअड्डा परिसरमा निगरानी बढाइरहेका छन्।

यात्रुहरूलाई आवत–जावतमा असुविधा भए पनि अधिकारीहरूले सुरक्षा सबैभन्दा प्राथमिकतामा राखेको बताएका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक २८, बिहिवार ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको