एजेन्सी, कात्तिक २८ । बिहार चुनाव २०२५ को मतदान सम्पन्न भएपछि आज मतगणना हुँदैछ। २४६ सदस्यीय बिहार विधानसभामा बहुमतका लागि१२२ सिट आवश्यक छ, र आजै कुन गठबन्धन सरकार बनाउने सम्भावनामा पुग्छ भन्ने स्पष्ट हुनेछ।
एनडिएको चुनावी स्थिति
एनडिए अन्तर्गत भाजपा १०१ , जदयू १०१, चिराग पासवान नेतृत्वको एलजेपी (रामविलास) २९, उपेन्द्र कुशवाहाको आरएलएम ६ र जीतन राम मांझीको हम पार्टी ६ सिटमा प्रतिस्पर्धामा छन्।
महागठबन्धनको स्थिति
महागठबन्धनतर्फ आरजेडी १४३, कांग्रेस ६१, वामदल ३० र भिआइपी ९ सिटमा उम्मेदवारी दिएका छन ।
केही स्थानमा फ्रेन्डली फाइट पनि देखिएको छ—चैनपुर, करगहर, नरकटियागंज, सिकन्दरा, कहलगाउँ र सुल्तानगंजमा महागठबन्धनका उम्मेदवारबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिन्छ।
देशभरको ध्यान यी सिटतर्फ
महुआमा तेजप्रताप यादव, अलीनगरमा मैथिली ठाकुर, मोकामामा अनन्त सिंह, छपरामा खेसारी लाल यादव, राघोपुरमा तेजस्वी यादव, तारापुरमा सम्राट चौधरी, लखीसरायमा विजय सिन्हा तथा प्रशान्त किशोरको जनसुराज पार्टीको प्रदर्शनलाई सर्वत्र नियालिएको छ।
मतगणना जारी छ, परिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।






