सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंमाथि ४ दिन म्याद थप



काठमाडौं, मंसिर २ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप ४ दिनको म्याद दिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रहरीको अनुरोधमा म्याद बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

म्याद थपसँगै प्रसाईं कम्तीमा चार दिन प्रहरी हिरासतमै रहनेछन्।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गर्दै तयारी तीव्र पारेका थिए। तर नियोजित आन्दोलनअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई सोमबार राति भक्तपुरस्थित घरबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्तिमा खलल पुग्ने अभिव्यक्ति दिँदै अराजक वातावरण सिर्जना गर्ने संकेत देखाएका कारण उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: २०८२ मंसिर ३, मंगलवार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको