जनकपुरधाम, मंसिर ३ । मधेश प्रदेश सभामा आज दिउसो १ बजे सभामुख विरुद्धको अविश्वास प्रस्ताव माथि छलफल हुने भएपछि नेकपा एमाले आफनो रणनीति बनाउन जुटेको छ ।
सात दलका सांसदको आग्रहमा उपसभामुख बबिता इसरले अविश्वासको प्रस्ताव माथि छलफल गर्न बैठक आह्वान गरेपछि एमाले आफनो रणनीति बनाउन लागेको हो ।
एमालेका कतिपय सांसदहरुले बैठकमा सहभागी नहुने बारे सार्वजनिक संजालमा उल्लेख गरेका छन । तर एमाले संसदीय दलका सचेतक हरिनारायण यादवले भने प्रदेशसभाको बैठकमा सहभागी हुन नहुने बारे अहिले निर्णय नभएको जानकारी दिएका छन ।
उनले प्रदेशसभामा आज बोलाइएको बैठकबारे निर्णय लिन ११ बजे संसदीय दलको बैठक बोलाइएको रसोही बैठकबाट अगामी रणनीति सहितको निर्णय हुने मधेश टुडेलाई जानकारी दिए ।
सभामुख रामचन्द्र मण्डलले तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलको विश्वासको मतको लागि बोलाइएको बैठकमा पदीय मर्यादा विपरित काम गरेको भन्दै सात दलिय गठबन्धनले प्रदेशसभाका उपसभामुख समक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गराउन पुगेका प्रदेश सभा सदस्यहरु संग सभामुख मण्डलका समर्थकहरुले दुव्र्यवहार गरेको थियो । सो लगतै सभामुख मण्डलले प्रदेशसभाका पाँच जना सदस्यलाई पदमुक्त सम्बन्धि पत्र सार्वजनिक गरेका थिए ।
सभामुख र सात बीचको विवाद चरममा पुगेको । सात दलका ७४ जना सांसदहरुले अविश्वासको मतको पक्षमा मतदान गर्ने प्रायः निश्चित भए पछि एमालेले अगामी रणनीतिबारे छलफल गर्न थालेको हो ।




