प्रदेशसभामा सभामुख मण्डलको दादागिरी, इन्टरनेटको लाइन काटियो



जनकपुरधाम, मंसिर ३ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज आफु विरुद्ध अविश्वासको प्रस्तावमा छलफल हुन भएपछि प्रदेशसभामा दादागिरी देखाउन थालेका छन ।

उनले प्रदेशसभाको आजको बैठकलाई अवरुद्ध गर्न प्रदेशसभाको इन्टरनेटको लाइन काटन् लगाएका छन । आज दिउसो सभामुख माथिको अविश्वासको प्रस्तावमा छलफल गर्न १ बजे बैठक संचालन हुने भनिएपछि इन्टरनेटको लाइन काटिए पछि बैठक केही बेर ढिलो भएको छ।

बैठक संचालनको लागि अहिले नयाँ इनटरनेट जडानको काम भइ रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यस अघि सभामुख मण्डलले अविश्वासको प्रस्ताव दर्ता गराउन पुगेका प्रदेशसभा सदस्यहरुमाथि समेत हातपात गरेका थिए ।

तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलको विश्वासको मतको क्रममा देखाएको पदीय मर्यादा विपरितको क्रियाकलापको विरोध गरेपछि सभामुख मण्डल आक्रमक बन्दै गएका छन ।

यसैबीच सभामुख मण्डलले आफनो सचिवालयमा स्वीपर देखी भान्से सम्म श्रमिति र छोरीहरुलाई नियुक्त गरेको समाचार सार्वजनिक भएपछि सर्बत्र आलोचना हुदै आएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको