चुनावी गठबन्धन नगर्ने जनमतको घोषणा



जनकपुरधाम, मंसिर ८ । संघीय लोकतान्त्रिक मोर्चाले एकजुट भई चुनाव लडने निर्णय गरेको एक दिन नबित्दै जनमत पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै दल संग गठबन्धन नगर्ने घोषणा गरेको छ ।

जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष ई बसन्त कुशवाहाले आफनो सचिवालयको पेज मार्फत आसन्न निर्वाचनमा कुनै दल संग गठबन्धन नगर्ने घोषणा गरेका हुन ।



उनले सचिवालय पेजमा लेखेका छन , ‘ आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टी अरु कुनै पनि पार्टीसंग मिलेर या गठबंधन गरेर चुनाव लड्दैन। जनमत पार्टी उम्मेदवारी दिन सक्ने हरेक निर्वाचन क्षेत्रमा लाउडस्पीकर हौरन छाप लिएर चुनावमा जाने हो।’
जनमतको यो घोषणाले संघीय लोकतान्त्रिक मोर्चाको निर्णयमा आघात पर्ने निश्चित भएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ८, सोमबार १७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको