सुन–चाँदी को मूल्य बढ्यो



काठमाडौं, मंसिर १७ । स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।

बुधबार छापावाला सुन प्रतितोला रु २,५४,१०० मा कारोबार भइरहेको छ। मंगलबार यो मूल्य रु २,५३,३०० थियो।

चाँदी पनि महँगियो

चाँदीको मूल्य पनि आज प्रतितोला रु ११० ले बढेर रु ३,६५५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला रु ३,५४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,२२१ अमेरिकी डलर मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १८, बुधवार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको