राजनीतिक दलहरुले हेपेको तेली समाजको आरोप



जनकपुरधाम, मंसिर १९ । धनुषा जिल्लामा बस्ने तेली समुदायका अगुवाहरुले आफूहरुलाई राजनीतिक दलहरुले हेपेको आरोप लगाएका छन् । नेपालको जनगणनाका अनुसार आफूहरुको जनसंख्या उल्लेख रहे पनि राजनीतिक दलहरुले सो अनुसार आफूहरुलाई राजनीतिक सिट नदिएको उनीहरुले गुनासो गरेका छन् ।

१८ वटा पालिका, ४ वटा संसदीय क्षेत्र, ८ वटा प्रदेश सभा सिट तथा जिल्लाका विभिन्न पदाधिकारीहरुमा समेत आफूहरुलाई हेपेको उनीहरुले गुनासो गरेका छन् । निर्वाचन लड्नकालागि टिकट दिनुको सट्टा आफूहरुलाई महाधिवेशन प्रतिनिधि समेत नवनाएको उनीहरुले आरोप लगाएका छन् । उनीहरु भन्छन्–‘राजनीतिक पहुँच भन्दा बाहिर षडयन्त्र पूर्वक हामीहरुलाई राखिएको छ । आगामी दिनमा हामी आफ्नो जनसंख्या हिसावले सवै ठाउँमा स्थान लिन्छौं ।’

धनुषामा नेकपा एमाले भित्र तेली समुदायको अस्तित्वलाई योजनाबद्ध रूपमा कमजोर पार्ने खेल धेरै समयदेखि चल्दै आएको छ उनीहरुले भने–‘निर्णय–प्रक्रिया, पद–जिम्मेवारी र सहभागीता जहाँ नजर घुमाए पनि तेली दाजुभाइलाई पाखा लगाउने प्रवृत्ति नै हावी छ । अब यो कडुवा सत्य लुकाएर बस्न सकिने स्थिति छैन ।’

तेली समुदायका केन्द्रीय अध्यक्ष विश्वनाथ साहले धनुषा जिल्लामा बहुसंख्यक बास रहेको तेलि जाति बाट एउटा पनि महाधिवेशन प्रतिनिधि चायन नगर्नु एमाले नेतृत्व वर्गको ठूलो कमजोरी रहेको बताए । उनले समाजिक सञ्चाल फेसवुकमा यस्तो धारणा राखेका छन् ।
पार्टीले चुनावमा नोट पनि यही समुदायबाट लिन्छ, भोट पनि यही समुदायबाट लिन्छ तर चुनाव सकिएपछि अर्कै भाषा बोल्छ । काम निस्कनुपर्ने बेला तेली समुदायलाई उछिने जस्तै व्यवहार गर्ने गरेको नेकपा एमाले आवद्ध तेलि जातिका नेताहरुले आरोप लगाए । उनीहरु भन्छन्–‘यो दोहोरो चरित्र अब सह्य छैन् ।’

उनीहरुले एमाले भित्र वर्षौँ देखि “समर्पित कार्यकर्ता” भन्दै रातदिन खटिने तेली समुदायका पुछुवा र झोला बोक्नेहरू अब एक पटक आफ्नो वास्तविक स्थिति हेर्नै पर्छ ।

नेकपा एमालेका नेता जानकी राम साहले धनुषा जिल्लामा १८ वटा पलिका रहेको भए पनि त्यस मध्ये कुनै पनि नगरअध्यक्ष, जिल्ला कमिटीको पदाधिकारी, प्रदेश कमिटीमा तेलि समुदायको उपस्थिति नहुनु दुःखद रहेको बताए । उनले भने–‘यस पार्टीमा कुनै पनि नियुक्ति जिम्मेवारी वा पद प्रतिष्ठाको कुनै ठाउँ छैन् यस बिषयमा तेलि समुदायका व्यक्तिहरुले सोच्नै पर्छ ।’

नेकपा एमालेपार्टी भित्र तेली समुदायको आवाज सुन्ने मान्छे नरहेको बताए । यो जिल्लामा राजनीतिक पार्टीहरुले तेली समुदायको अवाज सुन्ने भएका छैनन् । उनले भने–‘१८ वटा पालिकामा प्रतिनिधि तथा पार्टी पंक्तिमा तेलि समुदायको अनुपस्थिति आगमी दिनमा
तेली समुदायले आफ्नो सहभागिता पार्टीको हरेक तहमा खोजेका छन् ।

प्रकाशित मिति: २०८२ मंसिर १९, शुक्रबार ०८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको