ईश्वर पोखरेल : अध्यक्ष ओली जाँचबुझ आयोगमा बयान दिनुपर्छ, जानुहुन्छ पनिु



काठमाडौं, मंसिर २४ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ले भदौ २३ र २४ गतेका घटना सम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोग समक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनु पर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख रहेका कारण ओलीले आयोगसमक्ष उपस्थित हुनु नै उपयुक्त रहेको बताए।

“सरकारले बनाएको आयोग हो। केही आरक्षण भए पनि बयान दिन जानुपर्छ। म भएको भए अझै पहिले नै जान्थेँ,” उनले भने।

पोखरेलले आयोगको नेतृत्व गर्ने व्यक्तिबारे पक्षपातको प्रश्न उठे पनि बयान भने दिनै पर्ने स्पष्ट टिप्पणी गरे।

उनका अनुसार अध्यक्ष ओली आयोगमा बयान दिन तयार छन् र “चाँडै जानुहुन्छ” भन्ने विश्वास उनले व्यक्त गरे।

तर, अध्यक्ष ओलीले भने यसअघि आयोगमा उपस्थित नहुने सार्वजनिक गर्दै आएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर २५, बुधवार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको