मिर्चैया उद्योग वाणिज्य संघको चुनावी तयारी पुरा, भोलि मतदान हुने



श्याम कुमार ठाकुर
सिरहा, मंसिर २५ । मिर्चैया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचन भोलि बिहान ८ बजेबाट सुरु भई बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ । कुल २ हजार १०९ जना मतदाता रहेको उक्त निर्वाचनको लागि ३ वटा मतदान केन्द्रको व्यवस्था मिलाइएको छ।

प्रत्येक मतदान केन्द्रमा समान रूपमा मतदाता व्यवस्थापन गर्दै १ वटा मतदान केन्द्र बाट ७०३ जना मतदाताले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
यसपटकको मतदान मिर्चैया नगरपालिकाको वडा नं. ६ मा अवस्थित श्री आधारभूत विद्यालय, मेटरवा मा हुने जानकारी पनि निर्वाचन अधिकृत कार्यालयले दिएको छ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा निष्पक्ष रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २५, बिहीबार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको