कांग्रेसका ३ प्रदेश सांसदले केन्द्रको परिपत्र विपरीत उम्मेदवार सिफारिस



काठमाडौं, मंसिर  २६ । नेपाली कांग्रेसका तीन प्रदेश सांसदले प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको केन्द्रले जारी गरेको परिपत्र विपरीत उम्मेदवार सिफारिस गरेका छन्।

रुपन्देही १, नुवाकोट २ र पर्सा ३ बाट सिफारिस भएका प्रदेश सांसदहरूले केन्द्रको निर्देशनलाई उल्लङ्घन गरेका हुन्।

कांग्रेस केन्द्रले मंसिर १५, १७ र १८ गते जारी गरेको परिपत्रमा स्पष्ट उल्लेख गरिएको थियो : “प्रदेशसभामा हाल बहाल रहनुभएका सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइँदैन।”

तर, रुपन्देही क्षेत्र नं १ बाट पार्टीका पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य अब्दुल रज्जाकलाई सिफारिस गरिएको छ। रज्जाक २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही १ ९ख० बाट निर्वाचित भएका थिए।

त्यसैगरी, बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको नाम नुवाकोट क्षेत्र नं २ बाट सिफारिस गरिएको छ। क्षेत्रीय कार्यसमितिले लामालाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो। लामा २०७९ मा नुवाकोट २ ९ख० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

यस्तै, पर्सा क्षेत्र नं ३ बाट पार्टीका जिल्ला सभापति प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्रीको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। क्षेत्री २०७९ मा पर्सा ३ ९ख० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

पार्टीको परिपत्र विपरीत उम्मेदवार सिफारिस हुँदा केन्द्र–प्रदेश स्तरबीच विवादको संभावना देखिएको छ। राजनीतिक विश्लेषकहरूले यसलाई निर्वाचन तयारी र आन्तरिक अनुशासनको चुनौतीको रूपमा लिएका छन्।

कांग्रेसको केन्द्रले यसबारे स्पष्ट निर्णय लिन बाँकी रहेको छ र उम्मेदवार सिफारिसबारे अन्तिम निर्णय पार्टी नेतृत्वको बैठकमा हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शुक्रवार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको