आसन्न निर्वाचनको तयारीमा राजपा नेपाल



जनकपुरधाम, मंसिर २७ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुक भरि उम्मेदवार दिने घोषणा गरेको छ । राजपा नेपालका अध्यक्ष हरिनारायण यादवले आसन्न निर्वाचनको तयारी तीव्र बनाइएको जानकारी दिएका छन् ।

मधेश प्रदेश लगायत १७ वटा जिल्लामा संगठन विस्तार गरिसकेको राजपा नेपालले आसन्न निर्वाचनमा देश भर उम्मेदवार उठाउने बताएका छन् । उनले मधेशका सच्चा पार्टी राजपा नेपाल रहेको भन्दै कुनै दल संग गठबन्धन नगरि एक्लै निर्वाचनमा जाने बताएका छन् । उनले मधेशवादी दलहरु मध्ये राजपा नै सच्चा मधेशवादी रहेको र मधेशी जनताको बलिदानी र त्यागले राजपाको उदय भएको बताए ।

उनले भने–‘मधेश आन्दोलन पछि मधेशका जनताले मसाल छापमा मतदान गरेका थिए र त्यो छाप राजपा संग रहेका कारण मधेशका सच्चा पार्टी राजपा नेपाल हो अन्य पार्टी टुटफुट र स्वार्थले बनेको पार्टी हो ।’

मधेशका मुद्दा, मधेशको विकास गर्ने पार्टी आफ्नो रहेको दावी गर्दै अध्यक्ष यादवले प्रत्यक्ष र समानुपातिकका उम्मेदवारहरुको टुङ्गो लगाउने कार्यमा पार्टी रहेको बताए । उनले भने–‘जनताले हातमा लिएको मसाल छापमा मतदान गर्ने मनस्थिति बनाई सकेका छन्, नाम र चुनाव चिन्ह बदलिए पनि उनीहरुमा देखिएको स्वार्थले मधेशका जनता आजिज भई सकेका छन् ।’

मधेशवादी दलहरु उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी र विभिन्न ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकीकरण भए पछि जनता समाजवादी पार्टी (जसपा) नेपाल बनेको थियो तर मधेश आन्दोलनबाट आएका नेताहरु राजपा नेपालमा नै रहेका थिए ।

राजपा नेपालका अध्यक्ष यादवले आसन्न निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।

प्रकाशित मिति: २०८२ मंसिर २८, शनिवार ०९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको