काठमाडौं महानगरले मनायो ३१ औँ स्थापना दिवस



काठमाडौं , मंसिर २९ । काठमाडौं महानगरपालिकाले आज ३१ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिको उपस्थितिमा स्थापना दिवस मनाइएको हो ।

महानगरपालिकाले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ । यस वर्षको कार्यक्रममा संघीय, प्रदेश तथा स्थानीय तहका उच्च पदस्थ व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । साथै उपराष्ट्रपति राम साहय यादव, काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, संघीय सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न निकायका प्रमुख तथा महानगरका कर्मचारीहरूको उपस्थिति थियो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महानगरपालिकाले पछिल्लो समय गरेका काम, सेवा प्रवाहमा देखिएको सुधार र भावी योजनाबारे चर्चा गरिएको थियो । महानगर नेतृत्वले सफा सहर, व्यवस्थित यातायात, डिजिटल सेवा विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएका प्रयासलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, झाँकी तथा विभिन्न प्रदर्शनीमार्फत काठमाडौं महानगरपालिकाको इतिहास, पहिचान र उपलब्धिहरू प्रस्तुत गरिएको थियो ।

स्थापना दिवसले काठमाडौं महानगरपालिकाको संस्थागत विकास, स्थानीय शासन प्रणाली सुदृढीकरण र नागरिक सेवाप्रति उत्तरदायित्व अझ मजबुत बनाउने सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

स्थापना दिवस समारोहका विभिन्न झलकहरू, राष्ट्रपतिको सहभागिता, मेयर–उपमेयरसहितको उपस्थिति, सांस्कृतिक कार्यक्रम तथा झाँकीका तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष १, सोमवार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको