ई रिक्सा चालकद्वारा नगरपालिकाको मुख्यद्वारमा प्रदर्शन



रुकमिणी साह
जनकपुरधाम, पुस १ । ई रिक्सा चालकहरुले जनकपुरधाम उपमहानगरपालिकाको मुख्य द्वार घेराउ गर्दै मंगलबार प्रदर्शन गरेका छन ।

जनकपुरधाम उपमहानगरले ई रिक्साको व्यवस्थापनको लागि परिक्रमा सडक र सो भित्र जनकपुरधाम उपमहानगरमा दर्ता भएको बाहेकका रिक्सा चलाउन नपाउने निर्णय गरेपछि रिक्सा चालकहरु आन्दोलित भएका छन ।

ई रिक्साको अव्यवस्थापनले जनकपुरधाम उपमहानगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि उपमहानगरले नगरपालिकामा दर्ता भएका बाहेकका ई रिक्सा परिक्रमा सडक भित्र चलाउन नपाउने नियम लगाएका छन ।

नियम उल्लंघन गर्ने रिक्सालाई जरिवाना गर्ने घोषणा समेत गरेको छ । उपमहानगरको निर्णयले आफुहरुको व्यवसायमा असर परेको भन्दै ई रिक्सा चालक हरुले आन्दोलन शुरु गरेका छन । उनिहरुले नगरपालिकाले आफनो निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १५:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको