रविको बैंक ग्यारेन्टी उच्च अदालतद्वारा स्वीकार, थुनामुक्त हुने



रुपन्देही, पुस ३ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने द्वारा पेश गरिएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गरेको छ।

वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त रकम बिगोका हकमा सुरक्षित राख्ने आदेश दिएको हो। अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ, “वचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारवाही अगाडि बढाउनु।”

रविले जिल्ला अदालत रुपन्देहीमा सुप्रिम सहकारीमार्फत आफू कार्यरत गोर्खा मिडियामा प्रवाह भएको बिगो मध्ये दामासाहीले पाउने रकम बराबरको बैंक ग्यारेन्टी पेश गरेर थुनामुक्त हुन निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको आदेश सच्याउँदै अब थप धरौटी बुझाइरहनु नपर्ने स्पष्ट पारेको छ।

अदालतले भविष्यमा कुनै फैसलाले थप दायित्व सिर्जना गरेमा त्यसको भुक्तानीका लागि रविलाई अनुमति दिने साथै व्यक्तिगत वा संस्थागत रूपमा विदेश जानु परेमा पूर्वजानकारी दिन पनि निर्देशन दिएको छ।

प्रकाशित मिति: २०८२ पुष ४, बिहिवार १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको