उज्यालो नेपाल पार्टीको बैठक जारी, कुलमान घिसिङ पनि सहभागी



काठमाडौँ, पुस १२ । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक शनिवार दिउँसोदेखि जारी छ। बैठक पार्टीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसिरहेको छ।

बैठकमा पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री कुलमान घिसिङ पनि सहभागी छन्। बैठकमा सहभागी हुनुअघि आजै बिहान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका थिए।



बैठकमा कुलमानले बालेनसँग भएका छलफलका विषयमा पार्टीका नेताहरूलाई ब्रिफिङ गरिरहेका छन्। पार्टीका एक नेताका अनुसार, “उहाँ ९कुलमान० पनि बैठकमा सहभागी हुनुहुन्छ। विशेषगरी बालेनसँग भएका कुराकानीबारे ब्रिफिङ हुने जानकारी हामीले पाएका छौं।”

उज्यालो नेपाल पार्टीका नेताहरूका अनुसार, मेयर बालेनले पछिल्ला केही दिनदेखि राजनीतिक भेटवार्ता तीव्र बनाएका छन्। यस क्रममा पार्टी बैठकले आगामी निर्वाचनका रणनीति, गठबन्धन र समानुपातिक उम्मेदवार छनोटसम्बन्धी विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

पार्टी बैठकले आगामी प्रतिनिधि सभा समानुपातिक निर्वाचनका लागि आवश्यक तयारी र दलभित्रको समन्वयलाई थप प्रभावकारी बनाउन कदम चाल्ने बताइएको छ। बैठकपछि कुलमान र अन्य नेताहरूले आगामी रणनीति सार्वजनिक गर्ने अनुमान छ।

प्रकाशित मिति: २०८२ पुष १२, शनिबार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको