च्यासलमा एमालेको सचिवालय बैठक सुरु



काठमाडौं , पुस  १३ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज च्यासलमा सुरु भएको छ। ११औं महाधिवेशनपछि पहिलोपटक भएको बैठकमा पार्टीका नेताहरू सहभागी छन्।

बैठकको मुख्य एजेन्डामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ। यसैगरी, बैठकमा नेताहरूको कार्य विभाजन, जिम्मेवारी निर्धारण र पार्टीको आन्तरिक विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ।

एमाले स्रोतका अनुसार, पार्टीले समानुपातिक तर्फको उम्मेदवार सूची छिटो टुङ्ग्याएर निर्वाचन आयोगमा पेश गर्ने तयारीमा छ। नेताहरूले कार्य विभाजन र जिम्मेवारी स्पष्ट पारेर पार्टी संगठनलाई सक्रिय बनाउने विषयमा पनि ध्यान दिने भएका छन्।

सचिवालय बैठकमा पार्टीभित्रका हालका विषयवस्तु, निर्वाचन रणनीति, र भविष्यका राजनीतिक कदमसम्बन्धी विस्तृत छलफल हुने जनाइएको छ। पार्टीको केन्द्रिय नेताहरूले आन्तरिक सहमति र समन्वयको प्रक्रियामा जोड दिने अपेक्षा गरिएको छ।

एमालेले आगामी निर्वाचनमा आफ्नो संगठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र उम्मेदवार छनोटमा पारदर्शिता कायम राख्न यस बैठकलाई महत्वपूर्ण भनी रहेको छ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको