आइएमईका ढकाल र क्रिकेटर मल्ल रास्वपा समानुपातिक सूचीमा



काठमाडौं, पुस  १५ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा समानुपातिक तर्फका ११० उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । सूचीमा केही चर्चित अनुहार पनि छन्, जसमा नेपाल सुपर लिग टोली एसपी चितवनका अध्यक्ष तथा आइएमई ग्रुपका सचिन ढकाल र पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।

सचिन ढकाल खस आर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। खेलकूद, पर्यटन, हस्पिटालिटी तथा युवा क्षेत्रमा सक्रिय ढकाल साहको कोटाबाट सूचीमा परेका हुन्। पछिल्लो समय उनी हस्पिटालिटी क्षेत्रमा पनि सक्रिय छन् र इला कम्फर्ट होटलहरू संचालनमा राखेका छन्।

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समानुपातिक सूचीमा परेका छन्। मल्ल हाल राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको रूपमा कार्यरत छन् र हालै सम्पन्न नेपाल प्रिमियर लिग ९एनपिएल०मा कर्णाली याक्सको मुख्य प्रशिक्षक तथा निर्देशक पनि हुन्। उनले राष्ट्रिय टोलीमा डेढ दशक खेल्दा क्रिकेटमा उल्लेखनीय योगदान पुर्‍याएका थिए र झन्डै दुई वर्षअघि सन्यास लिए।

ज्ञानेन्द्र मल्ल आदिवासी–जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। उनीभन्दा अगाडि सूचीमा डा। राम लामा, खुश्वुसरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा र डा। मनोहर प्रधान रहेका छन्।

रास्वपाको समानुपातिक सूचीमा कलाकार, खेलाडी र व्यवसायिक क्षेत्रका चर्चित व्यक्तिहरूको समावेशीकरणले पार्टीको विविधता र सामाजिक प्रतिनिधित्वलाई अझ प्रष्ट बनाएको छ। यसले पार्टीलाई मतदातासामु आकर्षक बनाउने र विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूलाई राजनीतिक प्रक्रियामा समावेश गर्ने रणनीति हो भन्ने विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको