जगन्नाथ रथयात्राको तयारी पुरा, नाचगान गर्दै कलश यात्रा



सप्तरी, पुस १८ । राजविराजमा जगन्नाथ रथयात्रा महोत्वसका रुपमा मनाइने भएको छ । श्रीलक्ष्मी नारायण राधाकृष्ण मन्दिर राजविराजको समन्वय तथा श्रीकृष्ण भक्त मण्डल र इस्कान राजविराजको संयुक्त आयोजनामा पुष १८ देखी पुष २५ सम्म श्रीमदभागवत कथा सप्ताह ज्ञानमहायज्ञ तथा पुष २६ गते जगन्नाथ रथयात्रा लगायतका धार्मिक कार्यक्रम गरी महोत्वस मनाउन लागिएको हो ।

यसैक्रममा शुक्रवार सयौं भक्तजनको सहभागितामा कलश यात्रा निकालिएको छ । कलश यात्रामा सहभागी युवा युवती, बृद्ध,बृद्धा तथा बालबालिकाले हरेरामा, हरेकृष्णा, कृष्णा कृष्णा हरे हरे गीतको धुनमा नाँचगाँन गर्दै नगर परिक्रमा गरेका छन । श्री लक्ष्मीनारायण राधा कृष्ण मन्दिरको प्राङ्गनबाट सूरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुन सोही ठाउँमा पुगी टुङ्गिएको थियो । सप्ताहब्यापी महोत्वस अन्र्तगत पुष १८ देखी पुष २५ सम्म भारत मथुराका प्रंख्यात कथाब्यास रामानुज दासबाट कथा बाचन कार्यक्रम हुने छ ।

यस्तै पुष २६ गते भब्य जगन्नाथ रथयात्रा निकालिने छ । यस्ता धार्मिक आयोजनाले धर्म प्रति आस्था बढाउनुका साथै आपसी सदभाव बढाउने र समाजमा देखिएका विकृती विसंगती न्यूनिकरण गर्न मदत पु¥याउने आयोजकको विश्वास छ ।

प्रकाशित मिति: २०८२ पुष १८, शुक्रबार १७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको