जनकपुरधाम, पुस २० । नेपालमा लगातार शनिवार दोस्रो भूकम्प गएको छ । । हिजो ताप्लेजुङ्ग र पाँचथरको सीमा आएको भूकम्पको झटका महशुस गरिएको थियो भने आज उदयपुर जिल्लाको बागपाटी आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार शनिबार राति १० बजेर ५१ मिनेट जाँदा उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लामा समेत महसुस गरिएको स्थानीयले बताएका छन्। हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना आसपास केन्द्रविन्दु बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पपछिका सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकाय सतर्क रहेको जनाइएको छ।




