निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग



काठमाडौं, पुस २४ । सरकारले निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको हो ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभागको भर्ना छनोट शाखाले सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाएको छ ।

सूचना अनुसार भर्नाका लागि पुस २५ गते ९शुक्रबार० देखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिनमा समेत दर्खास्त लिइने जनाइएको छ ।

निर्वाचनको शान्ति, सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष २५, बिहिवार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको