राजेन्द्र महतोलाई झटका, सुमन सायमी नेकपामा समाहित हुँदै



जनकपुरधाम, पुस २९। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई ठूलो झटका दिँदै वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू नेकपामा समाहित हुन लागेका छन्।

नेता हिमाल शर्माका अनुसार, सायमीसहितको ठूलो टोली भोलि काठमाडौंमा पार्टीमा भित्र्याइने तयारी गरिएको छ। उनीहरूलाई भोलि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रममा स्वागत गरिने बताइएको छ।

सुमन सायमी काठमाडौं–८ बाट चुनाव लड्ने तयारीमा छन्। गुठी आन्दोलनबाट उदाएका सायमीसहितका नेवाः अभियान्ता र सहकारी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्षसहितका नेताहरू पनि नेकपामा प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ।

नेकपामा भित्रिने नेताहरूलाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले स्वागत गर्नेछन्। सायमीको बहिर्गमनले महतोको स्वदेश अभियानमा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष ३०, मंगलवार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको