देउवा समूहको धम्कीले निर्वाचन आयोग प्रभावित हुँदैन : विश्वप्रकाश शर्मा



काठमाडौँ, माघ २ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देउवा समूहको आन्दोलनको धम्कीका आधारमा निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरेका छन ।

निर्वाचन आयोगका पदाधिकारीलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा केहीबेरअघि भएको पत्रकार सम्मेलनको सन्दर्भ उल्लेख गर्दै यस्तो धारणा राखेका हुन ।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमार्फत आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

त्यसप्रति प्रतिक्रिया जनाउँदै उपसभापति शर्माले भने, “पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू निर्वाचन आयोग आएको जानकारी पाएपछि आयोगलाई केही कुरा स्पष्ट पार्न आवश्यक ठानेर हामी यहाँ आएका हौँ ।”

उने भने , “निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भन्ने अभिव्यक्ति केहीबेरअघि मात्रै आएको सुन्यौं । तर निर्वाचन आयोग यस्ता धम्की वा दबाबबाट प्रभावित हुँदैन र आफ्नो संवैधानिक निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं ।”

उपसभापति शर्माले आयोगले संविधान, कानुन र प्रमाणका आधारमा निष्पक्ष निर्णय लिने अपेक्षा कांग्रेसको रहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: २०८२ माघ ३, शुक्रवार १५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको