पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी



काठमाडौं, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग उक्त धरौटी माग गर्ने आदेश दिएको हो। अदालत स्रोतले नेपाल प्रेससँग धरौटी आदेश जारी भएको पुष्टि गरेको छ।

गत असार १ गते वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा रवि लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा दायर गरिएको थियो।

उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। अदालतले सोही मुद्दाअन्तर्गत प्रारम्भिक सुनुवाइपछि धरौटी माग गर्ने निर्णय गरेको हो।

अदालतको आदेशसँगै रवि लामिछानेले तोकिएको धरौटी बुझाएपछि मात्र कानुनी प्रक्रिया अनुसार अघि बढ्न पाउनेछन्। उनी अदालतमा हाजिर भइसकेपछि चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गर्ने तयारीमा रहेका थिए।

अदालतको यस आदेशपछि राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ। यस प्रकरणमा अदालतको आगामी फैसला र कानुनी प्रक्रियाले थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको