सिंहदरबार मा हटाइएका कुर्सीबारे भ्रम, महानगरद्वारा अस्थायी व्यवस्थापन



काठमाडौँ, माघ १२ । केही दिनयता सिंहदरबार आसपासका सडक किनारमा राखिएका कुर्सीहरू काठमाडौँ महानगरपालिकाले हटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। धेरैले बालेन शाहको राजीनामा पश्चात महानगरले सार्वजनिक स्थानबाट कुर्सी हटाएको हल्ला फैलाएका थिए र कार्यवाहक प्रमुख सुनिता डंगोलमाथि समेत आलोचना गरिएको थियो।

तर, वास्तविकतामा ती कुर्सीहरू हटाइएका नभई अस्थायी रूपमा व्यवस्थापनका लागि सारिएका पाइएको छ।Singha Durbar administrative issue

महानगरले सडक किनारा, पार्क र नदीको करिडोरमा पैदल यात्रीको बसाइ–ठहर सुधार्न सार्वजनिक कुर्सी व्यवस्थापनको काम सुरु गरेको सार्वजनिक निर्माण विभागले जनाएको छ।

यस क्रममा पुराना र जीर्ण कुर्सीहरू मर्मत, सम्भार र रंगरोगन गरिनेछ। यात्रु चाप भएको ठाउँमा कुर्सीको संख्या थपिने, एउटै प्रकारको कुर्सी राखेर एकरूपता कायम गरिने, आकर्षक र प्रयोगमैत्री बनाइने महानगरको योजना रहेको छ।

सिंहदरबार–भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरूको मर्मत थालिएको छ। विभाग प्रमुख सुरेश राईका अनुसार, पुराना बेञ्च मर्मत र रंगरोगन पछि पुनः यथास्थानमा राखिनेछ।

यस पहलले सार्वजनिक स्थलमा बस्न सजिलो बनाउने र कुर्सी व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ, भने सामाजिक सञ्जालमा फैलिएको भ्रम अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको