मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटना : ३८ घाइते, सबैको अवस्था खतरामुक्त



काठमाडौं, १६ माघ । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक नाइट बस चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी ३८ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा आफैं अनियन्त्रित भई पल्टिएको थियो।

घाइतेहरूको उपचार चितवनका विभिन्न अस्पतालमा भइरहेको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घाइतेहरूको नामावली

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत

  1. गणेश चौधरी (३३), लमही–१, दाङ – हातखुट्टामा चोट, अवस्था मध्यम

  2. रुपा चौधरी (२१), लमही–३, दाङ – निधारमा चोट, अवस्था मध्यम

  3. माधुरी चौधरी (२४), राप्ती–५ – हातखुट्टा र ढाडमा चोट, अवस्था मध्यम

  4. दिनेश चौधरी (२१), सहचालक, राप्ती मसुरिया – बायाँ कानमा भित्री चोट, अवस्था मध्यम

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत

  1. सिमा चौधरी (३१), गढवा–३ – बायाँ हात र टाउकोमा चोट

  2. अभिषेक चौधरी (१८), गढवा–५ – बायाँ हात र ढाडमा चोट

  3. सम्राट चौधरी (२१), गढवा – टाउकोमा चोट

  4. शालिग्राम खत्री क्षेत्री (३६), घोराही–१८ – टाउको र बायाँ हातमा चोट

  5. शालिग्राम शर्मा (६९), शान्तिनगर–२ – टाउको र बायाँ खुट्टामा चोट

  6. माया चौधरी (३७) – बायाँ हात र अनुहारमा चोट

  7. निर्मल चौधरी (३२), लमही–२ – टाउको र ढाडमा चोट

  8. गीता चौधरी (३१), लमही–२ – टाउकोमा चोट

  9. आवास चौधरी (१९), लमही–२ – बायाँ हात र खुट्टामा चोट

  10. राजु चौधरी (३२), लमही–२ – अनुहार र बायाँ खुट्टामा चोट

  11. लिखुराम चौधरी (३२), गढवा–२ – टाउको र ढाडमा चोट

  12. बाबुराम थापा (३१), घोराही–१८ – अवस्था सामान्य

  13. शुभराम वाग्ले (४०), गढवा–४ – टाउकोमा चोट

मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत

  1. लिला कवर मगर (१८), छत्रेश्वरी–५, सल्यान – टाउकोमा चोट

  2. रमेश कवर मगर (२१) – टाउकोमा चोट, अवस्था मध्यम

  3. मिना चौधरी (२७), गढवा–२ – बायाँ खुट्टा भाँचिएको

  4. विष्णु चौधरी (३०), गढवा–२ – टाउकोमा चोट

  5. सन्ध्या बफ्रेल (२२) – टाउकोमा चोट

  6. प्रकाश चौधरी (२१), लमही–२ – निधारमा चोट

  7. फणेन्द्र पछाई (६०), घोराही–१६ – हातखुट्टामा चोट

  8. उमा गौतम (६०), नारायणपुर, दाङ – टाउकोमा चोट

  9. शान्ती हमाल (४१), घोराही – सामान्य चोट

  10. प्रमिसा हमाल (१०) – सामान्य चोट

  11. विष्णु बस्नेत (५०), होलेरी, रोल्पा – टाउकोमा चोट

  12. सुनिता तामाङ (४०), पञ्चकन्या–६, नुवाकोट – टाउकोमा चोट

  13. सुकमान तामाङ (४२) – टाउको र कम्मरमा चोट

  14. बुद्धि बहादुर तामाङ (४५) – ढाडमा चोट

  15. सन्देश तामाङ (२०) – दायाँ हातमा चोट

जनता केयर अस्पताल मुग्लिङमा उपचाररत

  1. चेतलाल खत्री (३५), वडाध्यक्ष, रुन्टीगढी–९, रोल्पा – हातमा चोट

  2. दिनेश चौधरी (२४), घोराही–१७ – हातमा चोट

  3. चक्र सिंह (२९), घोराही–१० – हात र टाउकोमा चोट

  4. श्रीराम चौधरी (२६), गढवा–२ – हात र टाउकोमा चोट

  5. सुभाष ओली (३४), बस चालक – उपचाररत

  6. विपिन चौधरी (२६), लमही–२, दुर्घटनाका समयमा बस चालक

प्रकाशित मिति: २०८२ माघ १७, शुक्रवार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको