सर्लाही ४ मा सक्ला त प्रचण्ड को उम्मेदवार डा. रजनिश ?



जीतेश कुमार यादव
सर्लाही , माघ २५ । सर्लाही निर्वाचन क्षेत्र न.४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। सर्लाही क्षेत्र न.४ को चुनावी प्रतिस्पर्धा रोचक र फरक देखिएको छ। त्यस क्षेत्रमा गगन थापाको उम्मेदवारीले देशकै ध्यान केन्द्रित भएको छ।

देश परिवर्तनको अभियान भन्दै रास्वपा प्रवेश गरेका डा. अमरेश कुमार सिंह र गगन थापाबिच प्रतिस्पर्धा हुने राष्ट्रिय मिडिया सहितमा चर्चा छ्न। तर स्थलगत रुपमा बुझ्दा प्रतिस्पर्धा रोचक र फरक देखिएको छ। त्यस क्षेत्रमा प्रत्येक परिवर्तनको अभियानको चुनावमा नसोचिएको उम्मेदवार चुनाव पडकाएको ईतिहास छ। मधेस आन्दोलन पछिको २०६४ सालको चुनावमा नसोचेका उम्मेदवार शिवपुजन रायले दिगज नेता महन्थ ठाकुरलाई पट्केको ईतिहास छ।

सर्लाही ४ नेपाली कम्युनिस्ट र कांग्रेसको गढ मानिन्छ। नेपाली कम्युनिस्ट पार्टीले त्यहाँ डा. रजनिश रायलाई उम्मेदवार बनाएका छन। भने नेपाली कांग्रेसबाट पार्टी सभापति आफै चुनावी प्रतिस्पर्धामा होमिएका छन ।

२०७९ को प्रतिनिधि सभा चुनावमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेश कुमार सिंहले २० हजार १७ मत सहित बिजयी प्राप्त गरेका थिए।

कांग्रेस र तत्कालीन माओवादीका साझा उम्मेदवार नागेन्द्र रायले १८ हजार २ सय ५३ मत ल्याएका थिए भने माओवादीका बागि उम्मेदवार शिवपुजन राय कि छोरी मधुमाला यादव १४ हजार ६ सय २२ मत ल्याएकि थिईन।

फागुन २१ गतेको प्रतिनिधि सभा चुनावमा शिव पुजन रायका कान्छो छोरा अमनिश यादवलाई नेपाली कम्युनिस्ट पार्टीले टिकट नदिएपछि उनी छोरालाई एमालेबाट उम्मेदवार बनाएका छन।

नेपाली कम्युनिस्ट पार्टीले सर्लाही ४ (ख) प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएकि अनिता यादवकी छोरा डा. रजनिशलाई टिकट दिदा त्यहाँका चुनावी प्रतिस्पर्धा झन रोचक बनेको छ। डा. रजनिश राजनीतिमा नयाँ हुन। तर वहाँकि आमा अनिता यादव प्रदेश सभामा ७ हजार ६ सय ७६ मत ल्याएकि थिईन। त्यस प्रदेशमा कांग्रेस र तत्कालीन माओवादीका साझा उम्मेदवार फकिरा महतो ८०३३ मत सहित बिजय भएका थिए। फकिरा महतो नेकपाका मधेस प्रदेश प्रमुख सचेतक सहित गृह सञ्चार तथा कानुन मन्त्री हुन।

प्रदेश सभा (ख) मै २०७९ मा महतो र अनिता देवीले ल्याएको मत जोडदा १५ हजार ७ सय ०९ मत पुग्न जान्छ।

नेकपा अध्यक्ष प्रचण्डले पनि सर्लाही (४ र झापा (५ आफ्नो पार्टीले जित्ने दावी गरेका छन। सर्लाही (४ जिताउने जिम्मा फकिरा महतोलाई सुम्पिएको छ।

देशकै सबैभन्दा बलियो पार्टी कांग्रेस सभापति थापा र देशैमै लोकप्रिय अमरेश र जिल्लाका बाहुबलीको रुपमा चिनिने शिवपुजन राय सँग प्रचण्डका उम्मेदवार डा। रजनिशले कसरी प्रतिस्पर्धा गर्ला भने प्रश्न उब्जिएको हो।

प्रकाशित मिति: २०८२ माघ २६, आइतवार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको