सप्तरी, फागुन ९ । प्रतिनिधिसभा निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर ४ मा लगातार तीन पल्ट जितेर ‘ह्याट्रिक’ लगाइसकेका पुराना र नयाँ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
यसक्षेत्रमा लगातार तीनपटक जितेका पुर्व साँसद तेजुलाल चौधरी लाई चौथो जितका लागि काँग्रसले पुनः उम्मेदवार बनाएको हो ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २४ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा काँग्रेसका चौधरीका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह, नेकपा एमालेका गंगा प्रसाद चौधरी, जनता समाजवादी पार्टी नेपालका डा.वाँवी सिंह यादव तथा
नेपाली कम्युनिष्ट पार्टीका रुवी कुमारी कर्ण मुख्य प्रतिस्पर्धामा देखिएका छन् । नेकपाबाट उम्मेदवार बनेकी रुवी कर्ण केन्द्रिय सदस्यको जिम्मेवारीमा समेत छिन् । उनी मधेश प्रदेश सरकारमा आन्तरिक मामिला तथा गृह सञ्चार राज्यमन्त्रीको रुपमा काम पनि गरी सकेकी छिन् ।
यस्तै जसपा नेपालबाट उम्मेदवार बनेकी डा. बबि ंिसंह यादव पनि स्थानिय जनता माझ लोकप्रिय छिन् । उनीहरुले पनि राजनीति स्पेश बढाउँदै लगेकाले कसको पलराभारी हुने हो ? भन्न कठिन भएको मतदाताहरु बताउँछन् ।

यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका रामाकान्त चौधरी, जनमत पार्टीका जितेन्द्र कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुप कुमार न्यौपाने, उज्यालो नेपाल पार्टीका विशो कुमार यादव, आम जनता पार्टीका अनिता कुमारी चौधरी लगायतका उम्मेदवार पनि जित निकाल्न प्रयास गरिरहेका छन् ।
रास्वपाबाट उम्मेदवार भएका सिताराम साह काँग्रेस पृष्ठभूमीका व्यक्ति हुन् । लामो समय काँग्रेसबाट राजनीति गर्दै आएका सिताराम अहिले फरक राजनीति पृष्ठभूमीबाट उम्मेदवारी दिएका छन् । पुराना सहकर्मीले साथ मात्र छोडेको छैन् प्रतिस्पर्धी नै बनेपछि तेजुलाललाई यस पटक जितको ‘चोक्का’ निकाल्न सकस पर्ने स्थानिय मतदाताहरुको आकलन छ । स्थानिय मतदाताहरु भन्छन् “ २०७० साल देखि निरन्तर संसदीय निर्वाचनमा विजयी हासिल गर्दै आएका काँग्रेसको तेजुलाललाई यसपटकको प्रतिस्पर्धा अघिल्ला चुनाव भन्दा भिन्न र कठिन देखिएको छ ।”
अघिल्ला निर्वाचनहरुमा सिताराम तेजुलालको निकट सहयोगी भएर काम गरेका थिए । तर, अहिले तेजुलालको प्रतिस्पर्धी बनेर चुनावी मैदानमा उत्रेपछि यहाँको निर्वाचन समिकरणलाई नयाँ मोडमा पुर्याएको स्थानिय मतदाताहरु बताउँछन् । सितारामले नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै बैकल्पिक राजनीतिक शक्ति र सुशासनलाई आफ्नो मुल मुद्दा बनाएका छन् भने तेजुलाल चौधरीले आफ्नो कार्यकालमा विकास निर्माणका थुप्रै काम सम्पन्न गरेको र अधुरा कामलाई गति प्रदान गर्ने एजेन्डा अघि सारेका छन् ।
यहाँ एक लाख नौ हजार ५६६ मतदाता छन् । यसक्षेत्रमा बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका तथा बलान बिहुल गाउँपालिका गरी कुल ४ पालिका पर्दछ । जसमध्ये २०७९ सालको स्थानियतहको निर्वाचनमा बोदेबरसाइन नगरपालिकामा जसपा नेपाल, खडक नगरपालिकामा तत्कालिन नेकपा माओवादी केन्द्र, सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेस र बलान बिहुल गाउँपालिकामा जनमत पार्टीका उम्मेदवारले जितेका छन् ।







