धनुषा क्षेत्र-३ मा रामुपाद्वारा १३ बुन्दे मागपत्र सार्वजनिक, लिखित प्रतिबद्धता जनाउने उम्मेदवारलाई समर्थन दिने घोषणा



जनकपुरधाम, फागुन ९ । राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा क्षेत्र-३ का लागि आफ्नो १३ बुन्दे मागपत्र सार्वजनिक गरेको छ। आफनो पार्टीका उम्मेदवार रजिव झाले उम्मेदवारी फिर्ता संगै रास्वपामा प्रवेश गरे पछि पार्टीले उम्मेदवारहरूलाई लिखित रूपमा आफ्नो प्रतिबद्धता जनाएपछि मात्र समर्थन दिने निर्णय गरेको छ।

पार्टीले सार्वजनिक गरेको मागपत्रमा जनस्वास्थ्य, शिक्षा, न्याय र सत्यनिष्ठा, दलित उत्थान, खेलकुद र पर्यटनलगायत विभिन्न सामाजिक र विकासका क्षेत्र समेटिएका छन्।

नगराइन नगरपालिकामा १०० सैय्याकोृ शहीद दुर्गानन्द स्मृति अस्पताल , बाल अस्पताल र प्रसूति गृह निर्माण कार्यलाई प्राथमिकता , वर्षौंदेखि रोकिएको राजर्षि विश्वविद्यालयको भवन निर्माण कार्यलाई तीव्रता , बेपत्ता पारिएका डा. लक्ष्मी नारायण झाको वास्तविक अवस्थाबारे सत्यतथ्य सार्वजनिक, ग्रामीण दलित समुदायका लागि नमूना आवासीय भवन र उचित व्यवस्थापन, रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालालाई ‘मेगा प्रोजेक्ट’को रूपमा अघि बढाउने, सहितका १३ एजेन्डामा प्रतिबद्धता जनाउने उम्मेदवार वा दललाई मात्र धनुषा क्षेत्र–३ मा पूर्ण समर्थन प्रदान गरिने जनाएको छ।

रामुपा धनुषा ३का क्षेत्रीय अध्यक्ष दिपक कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीले प्रस्तुत गरेका मांगहरुमा स्थानीय १३ मुद्दाका अतिरिक्त मधेशको सम्मान, र क्षेत्रको सर्वांगीण विकासको पक्षमा पार्टी दृढ रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ९, शनिबार १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको