पर्सा, फागुन २६। पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ स्थित पशुबजार नजिक प्रहरीले करिब २१३ किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा–सुगौलीबाट खटिएको प्रहरी टोलीले जगरनाथपुरतर्फ जाँदै गरेको मे।१ त ५७१४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा चालक प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर फरार भएको प्रहरीले जनाएको छ।
ट्याक्टरको तलासी गर्दा प्रहरीले २२ वटा प्लास्टिकका पोकामा राखिएको करिब २१३ किलो गाँजा फेला पारी बरामद गरेको हो।
घटनापछि फरार चालकको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ। साथै, घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।






